Government of Sudurpashchim Province

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Agriculture Development

Agri business Promotion Support and Training Center

KANCHANPUR

१) ऐतिहासिक पृष्ठभूमी: सुदूरश्चिम प्रदेश अन्तरगत रहेका ९ वटा जिल्लाका कृषक, कृषि प्राविधिक तथा कृषि पेशासँग सरोकार राख्ने ब्यक्तिहरुको ज्ञान, धारणा र सीपमा सकारात्मक परिवर्तन ल्याउन सहज वातावरणको निर्माण होस् भन्ने उद्देश्य अनुरुप तत्कालीन श्री ५ को सरकारको मिति २०६०|०४|२९ को निर्णय बमोजिम भैरहवामा रहेको क्षेत्रिय कृषि तालिम केन्द्रलाई कृषि पाइलट फार्म, सुन्दरपुर, कञ्चनपुरमा स्थानान्तरण गरिएको थियो । क्षेत्रीय कृषि तालिम केन्द्र (साविक) र हाल कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, सुन्दरपुर, कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर देखि पूर्व बेदकोट नगरपालिकाको लालपुरसम्म ५ कि.मि. र महेन्द्रराजमार्गको लालपुर देखि ३ कि.मि. दक्षिण (नहरको किनार पक्की बाटो भएको) वेदकोट नगरपालिका वा.नं. ९ को सुन्दरपुर गाँउमा अवस्थित छ । साविक क्षेत्रीय कृषि तालिम केन्द्र र हाल कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, सुन्दरपुरले मुख्यतया विगतको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको रुपमा रहेको र हाल सुदूरपश्चिम प्रदेशका दुई अञ्चल सेती (कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा) र महाकाली (कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला) का ९ वटा जिल्लाहरु र आवश्यकता अनुसार अन्य क्षेत्रका जिल्लाहरुकालागि समेत कृषि विषयवस्तुमा तालिम प्रदायक संस्थाका रुपमा सेवा पर्याउदै आइरहेको छ । यो तालिम केन्द्र रहेको परिसरको कुल २३.८ हेक्टर क्षेत्रफल मध्ये ८.८ हेक्टरमा कार्यालय भवन आवास, सडक, थ्रेसिंग फ्लोर, ग्यारेज तथा गोदाम घर का साथै बीउ बिजन प्रयोगशाला, माटो तथा मल परिक्षण प्रयोगशाला, बाली संरक्षण प्रयोगशालाका साथै कृषि बिकास फार्मका भवनहरु रहेका छन् भने खेतियोग्य १५ हेक्टर क्षेत्रफलमा हाल कृषि बिकास फर्मले बीउ उत्पादनको कार्यक्रम सञ्चालन गरिरहेको छ । यस तालिम केन्द्रले बिभिन्न बिषयवस्तुमा आधारित चौंथौं, पाचौं र छैठौ तहका प्राबिधिक तथा अगुवा कृषक स्तरीय तालिमहरु आयोजना गर्ने गरेको छ । यी तालिमहरुलाई प्रभावकारी बनाउन बेल बेलामा पाठ्यक्रम एबं पाठ्य सामाग्रीहरुको परिमार्जन / व्यवस्थापन गर्ने गरीएको छ भने विभिन्न निकायहरुबाट अनुभवी प्रशिक्षकहरुलाई आमन्त्रण गरी प्रशिक्षण कार्य गर्ने गरिएको छ । तालिम पश्चात तालिमको प्रभावकारीता अध्ययनका लागि अनुगमन तथा मूल्यांकन पनि गरिदै आईरहेको छ । आर्थिक वर्ष २०७७|७८ देखि यस केन्द्रबाट कृषि व्यवसाय प्रवद्र्धन सहयोग कार्यक्रमहरु पनि संचालन गरीएका छन् । कृषकहरुलाई कृषि उद्यमी बनाउन सहयोग गर्ने उद्धेश्यका साथ कृषि उस्मायन पद्धती मार्फत कृषि उद्यमशिलता विकास कार्यक्रम पनि गत आर्थिक वर्ष देखि संचालन गरीएको छ । कृषि प्रविधि सम्बन्धि क्षमता अभिबृद्धी तालिम संचालन गर्नुका साथै एकिकृत कृषि बजार निर्माण, संचालन तथा हस्तान्तरण कार्यक्रम र राष्ट्रिय आवास कम्पनी लिमिटेड को कंचनपुर जिल्लाको पुनर्वास स्थित ७४ विघा जमीनमा कृषि अनुसन्धान, कृषि प्रसार तथा कृषि शिक्षा कार्यक्रम समेत शुरु गरीएको छ । २) भावी सोचः मानवीय विकास मार्फत आर्थिक विकास गर्नका लागि सक्षम जनशक्ति विकास गर्नु एवं व्यवसायिक कृषक तयार गर्नु यस तालिम केन्द्रको भावी सोच रहेको छ । ३) ध्येय: कृषि प्राविधिकहरुको प्राविधिक तथा संस्थागत विकास सम्बन्धि आवश्यक ज्ञान, सीप अभिवृद्धि गरी उनीहरुको धारणामा सकारात्मक परिवर्तन गरी कृषि प्रणालीलाई व्यवसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गर्न टेवा पुर्याउनु यस केन्द्रको ध्येय रहेको छ । ४) उद्देश्यहरु: क) कृषि व्यवसाय प्रवर्धनका लागि आवश्यक सहयोग गरी व्यवसायीक कृषकहरु तथा कृषि उध्यमीहरु को सँख्या बृद्धी गर्ने । ख ) कृषि प्राविधिकहरु तथा कृषकहरुको व्यवसायीक कृषि तथा उन्नत कृषि प्रविधि सम्बन्धि आवश्यक ज्ञान तथा सीप व्यवहारीक तालिमका माध्यमबाट विकास गर्ने । ५) नीति/रणनीति : क ) कृषक तथा विभिन्न तहका कर्मचारीहरुको लागि सरोकारवालाहरुको सहयोगमा तालिम आवश्यकता पहिचान गर्ने । ख ) तालिम आवश्यकताका आधारमा तालिम पाठ्यक्रम तर्जुमा गर्ने । ग ) समावेशीताका आधारमा सहभागीहरुको छनौट गर्ने कार्य कृषि ज्ञान केन्द्र तथा स्थानीय निकायका कृषि शाखाहरुले गर्ने । घ ) तालिमको विषयका आधारमा तालिम स्थल तथा प्रशिक्षकहरुको छनौट गर्ने कार्य यस केन्द्र ले गर्ने र तालिम सचालन गर्ने । ङ) कृषि उस्मायन पद्धती मार्फत कृषि उध्यमशिलता विकासका लागि कृषि उस्मायन स्थल छनौट गरी उस्मायन स्थलमा नै सहभागीहरुको कृषि ब्यवसाय संचालन गर्न ब्यवहारीक तालिम मार्फत क्षमता अभिबृद्धि गर्ने । च ) उस्मायन स्थलमा क्षमता अभिबृद्धि गरेका कृषकहरुलाई ब्यवसायीक योजनाका आधारमा पूजीगत अनुदान प्रदान गर्ने । छ ) नौ वटै जिल्लामा एकिकृत कृषि बजार निर्माण गरी संचालनका लागि सम्बन्धित कृषि बजार ब्यवस्थापन समितीलाई हस्तान्तरण गर्ने । राष्ट्रिय आवास कम्पनीको कंचनपुर जिल्लाको पुनर्वास स्थित ७४ विघा जमीनमा कृषि अनुसन्धान, कृषि प्रसार र कृषि शिक्षा कार्यक्रम अन्तरगत अनुसन्धानको कार्य क्षेत्रिय कृषि अनुसन्धान निर्देशनालय, भागेतडा, डोटी ले संचालन गर्ने र बीउ उत्पादनको कार्य यस केन्द्रले संचालन गर्ने ।

File